क्याम्पस तहको अध्यापन गाउँपालिकाले सुरु गर्नु भनेको एक नयाँ सामाजिकरण सुरु गर्नु र स्थापित सामाजिकरंणलाई नयाँ उचाई दिनु हो । नेपालका प्रत्येक शहरको शहरीकरण र प्रभूत्वको सुरुवात शैक्षिक क्षेत्रको विकास सगै भएको छ । अझ भन्नुपर्दा क्याम्पस तहको अध्यापन सुरु भएपछी त्यहाँको साधन र श्रोतको उचित उपयोग सुरु हुदा सबै क्षेत्रको विकास समान तरिकाले अघी बढ्न सुरु गर्छ ।

रघुगंगा गाउँपालिकामा क्याम्पस स्थापना र संचालन सम्भव छ कि छैन भनेर निष्कर्ष निकाल्नु भन्दा पहिले गाउँपालिकाको गन्तव्य के ? भन्ने प्रश्न महत्वपुर्ण हुन्छ । गाउँपालिकाबाट प्रतेक बर्ष ३५०-४०० जना नयाँ रोजगार बजार तथा उच्च शिक्षामा प्रबेश गर्छन, उनीहरु गाउँपालिकाको प्रथामिकतामा छन् कि छैनन् ? एक पटक छातिमा हात राखेर आम रघुगंगा बासिले आफैलाई र पालिकाको नेतृत्व माथी निर्मम भएर प्रश्न सोध्ने हिम्मत गरौं ।

हाम्रो सोचाईको दायरा फराकिरो बनाउदै जिल्लाका अन्य पालिकाको साथै अन्य जिल्लाबाट अध्ययनका लागी आउने बातावरण बनाउन सक्नुनै अबको नेतृत्वको परिक्षा हो । आन्तरिक पर्यटन र समयानुकुल विकासको मार्ग कोर्न प्राविधिक क्याम्पस उचित विकल्प हुन सक्छ । गण्डकी प्रदेशमै प्राविधिक शिक्षालयको सङ्ख्या कम भएको र हालसालै स्थापना भनेको गण्डकी विश्वविद्यालयको प्राथमिकताका प्राविधिक विषयमा रहेको छ । यसैले गण्डकी विश्वविद्यालय मार्फत प्राविधिक शिक्षालय भित्राउनु उपयुक्त हुन सक्छ ।

कुन कुन बिषय अध्यापन गराउने भन्दा अघि अबको १०-१५ बर्ष पछीको नेपाल र विश्व बजारको आवश्यकता के ? भन्ने गहन अध्ययन गरि निष्कर्ष निकाल्न जरुरी छ । पछिल्लो समय हाम्रो अधिकांस काम प्रविधि र एआई(आर्टीफिसियल ईन्टिलिजेन्स)ले नियन्त्रण गर्न सुरु गरेको छ । अबको केही बर्षमा यसको फैलावट र विस्तार सयौं गुणा बढी हुनेवाला छ । अहिलेका अधिकांस काममा रोबर्ट प्रेविधी प्रयोग हुनेछन् । र बिस्तारै कामका प्रकृति फेरीदै जानेछन् । त्यसैले एक विषय हाम्रो भुगोल र भुगोलको माग पूरा गर्न सक्ने सुचना तथा प्रविधि बिषय अध्यापन गराउनु उपयुक्त हुन्छ ।

(म यो कार्यक्रमलाई व्यक्तिगत रुपमा ” Dream to develop as Silicon Village of Nepal” नामकरण गरि पुर्ण समर्पित भएर पूरा गर्नको लागि पुर्ण प्रयासको प्रतिबद्धता गर्दछु ।)

अबको केही बर्षमा करोडौं मानिस पुरानो प्रकृतीको कामबाट बिस्तापित हुनेछन् । जस्तो: ड्राईभर, कुक एण्ड वेटर, बैंकिङ स्टाप भारी मात्रामा कटौती, ईन्ड्रस्टीयल वर्कर आदि । यसले गर्दा ठूलो जनसंख्या जसले नयाँ परिवर्तनलाई आत्मसात गर्दैन, उनीहरु डिप्रेशन र एन्जाईटीको सिकार हुदैछन । यसको लागि विश्व बजारमा योग र ध्यानको प्रशिक्षकको माग हुनेवाला छ । सप्तऋषिको तपोभुमी क्षेत्र(ऋखार)लाई योग, ध्यानको अध्यापन केन्द्रका रुपमा बिकास गर्ने हो भने पर्यटन तथा आध्यात्मिक गन्तव्यको रुपमा रघुगंगाको विकास गर्न सकिन्छ ।

समग्रमा रघुगंगाको विकासको खुड्किलो शिक्षा क्षेत्रको विकासमा रहेको छ । अबको आवश्यकतालाई मध्यनजर गर्दै रघुगंगामा सूचना प्रविधी र आध्यात्मिक विज्ञानको क्याम्पस स्थापना र दिगोपना दिन सक्ने हो भने रघुगंगाको मुहारमा नयाँ चमक आउने छ ।धन्यवाद ।।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन

3.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (तेस्रो काम)- सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना

4.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… (चौथो काम)- सुचना व्यवस्थापन तथा सम्प्रेषण

5.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (पाचौं काम)- सामाजिक आन्दोलनको बिजारोपण

6.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-६)-शिक्षा (विद्यालय तह)

Leave a Reply