म्याग्दीमा बाहिरी जिल्लाबाट आउने बिरामी र कामदारबाट कोरोना भाइरस (कोभिड १९) भित्रिने जोखिम बढेको छ। छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएका जिल्लाबाट ठूला विकास निर्माणका आयोजनामा काम गर्न आउने मजदुरलाई परीक्षणबिनै छोड्दा कोरोना संक्रमति भेटिन थालेका छन् ।

मंगलबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत ५ जनामा कोरोना पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएको छ ।

जलविद्युत आयोजनका कार्यरत मजदुरमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । ‘जोखिम बढेको छ, जनस्वास्थ्यको मापदण्डको प्रयोगमा ध्यान दिनुपर्छ’ प्रमुख लम्सालले भने ।

बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन समेत लम्सालले अनुरोध गरेका छन् । मंगलबार गण्डकी प्रदेशमा कास्कीपछि कोरोनाको जोखिम रहेको जिल्लामा म्याग्दी समेत परेको छ । पछिल्लो समयमा संक्रमितको संख्या वृद्धि भएपछि कास्की जिल्ला प्रदेशकै ‘रेडजोन’मा परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Leave a Reply