h]a|fqm;af6 af6f] sf6g l;sfpFb} bdf}nL, !) r}t M tgx'Fsf] ;b/d'sfd bdf}nLl:yt d'Vorf]sdf /x]sf] h]a|fqm;af6 af6f] sf6g l;sfpFb} lhNnf k|x/L sfof{no tgx'Fsf k|x/L pk/LIfs c?0f kf}8]n . hyfefjL af6f] sf6bf b'3{6gfsf] hf]lvd a9]kl5 k|x/Ln] h]a|fqm;af6 af6f] sf6g l;sfpg yfn]sf] 5 . tl:a/M s[i0f Gof}kfg]÷/f;;

ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन भएसँगै पर्वतमा सवारी दुर्घटनाका घटनामा कमी आएको छ। सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको सङ्ख्या घट्दै जान थालेको छ। दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारवाहीको प्रक्रिया अघि बढाएसँंगै दुर्घटना पनि कम हुँदै गएको हो।

जिल्लामा आव २०७४/७५ मा छ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्युका साथै ४६ घाइते भएका थिए। यसैगरी आव २०७५/७६ मा १५ वटा सवारी साधन दुर्घटनामा १५ जनाको मृत्यु र ७४ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

आव २०७६/७७ मा १८ सवारी दुर्घटनामा सात जनाको मृत्यु र १६ जना घाइते भएका छन्। गत वर्ष १८ सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएको भए पनि यो आवमा १२ सवारी दुर्घटनामा छ जनाले मात्र ज्यान गुमाएका हुन्। सवारी दुर्घटनामा ठूला सवारी साधनभन्दा पनि साना सवारी साधन बढी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ। सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटनामा पनि कमी आउन थालेको छ।

हालसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ। मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या केही बढी छ। पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले वर्षौं लगाउँदा केही दुर्घटना भएको निमित्त ट्राफिक प्रहरी प्रमुख रेशम थापाले बताए। ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ छ।

जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । थापाका अनुसार २०७४ देखि २०७७ सम्म ४६ वटा सवारी साधन दुर्घटना भएका छन्। जसमा तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, यान्त्रिक गडवडी, ब्रेकफेल, स्टेरिङ फेल, यात्रुको गल्ती, सडक चौपाया र सडकको अवस्थाले गर्दा सवारी दुर्घटना भएको छ।

पर्वतमा मापसे गरी सवारी साधन हाँक्दा कारवाही हुनेको सङ्ख्या पनि कम हुदै गएको छ। आव २०७५/०७६ मा ६० र आव २०७६/७७ मा २९ जना कारवाहीमा परेका छन् । उनीहरुलाई कारवाही गर्दा रु ८९ हजार बढी राजस्व सङ्कलन भएको छ। लकडाउनभन्दा पहिले दिनमा ट्राफिक जाँचमा कडाइ गर्ने प्रहरीले रातमा मापसे जाँचलाई निरन्तरता दिँदा मापसे गरी सवारी साधन हाँक्नेमा पनि उल्लेख्य कमी आएको उनले बताए।

यसैबीच ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनयता नौ महिनामा २६ लाख ३८ हजार ८ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ। ट्राफिक नियमविपरीत चलेका चार हजार १ सय ५० सवारी साधनलाई कारवाही गर्दा सो राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी प्रहरी कार्यलय पर्वतले जनाएको छ। सबैभन्दा बढी एक हजार ८ सय ७० जीप तथा कार कारवाहीमा परेका छन् जसबाट ११ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ।

त्यसैगरी ३ सय ९० बस कारवाहीमा पर्दा दुई लाख ३० हजार ५ सय सङकलन भएको छ।चार लाख ७० हजार ५ सय ट्रकबाट, ६ सय ९ ट्याक्टरबाट तीन लाख ६९ हजार, ५ सय ५० मोटरसाइकल कारवाही गर्दा चार लाख ३० हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

Leave a Reply