अहँ! देख्नु भएन
फरक दाजु र हामीमा,
अभावमै पनि तीन छोरी पढाउनु भो,
आफूले सकेका संघर्ष सबै गर्नु भो,
हजुरकै कारण आज अरुको
आशमा जीवन काट्नु पर्या छैन,
र त आज म गर्वसाथ भन्न सक्छु,
म धन हुँ, तपाईंको ऋण होइन।

हामीलाई आफन्तले नपढा भन्दा,
धेरै छोरीको बाउ भनेर ऋणमात्र नगन्दा,
आफू पहाड बनेर उभिनु भो,
अभावै अभावमा जिउनु भो,
तर हाम्रा हरेक जरुरत
पूरा गरिदिनु भो,
हामीलाई उज्यालो दिन
आफू बल्नु भो,
हजुरकै कारण आज कसैका
आगाडि हात फैलाउनु पर्या छैन,
र त आज म गर्वसाथ भन्न सक्छु,
म धन हुँ, तपाईंको ऋण होइन।

बाबा, यदि कमजोर परेछन् भने
मलाई हुर्काएका ती पाखुरा,
म थाती राखेर बाँकी सबै कुरा,
गर्नेछु हजुरका हरेक इच्छा
जरुरत पूरा,
अहँ! कुनै पनि बाधा अड्चन,
दुःख आउन दिने छैन,
ताकि तपाईं  पनि गर्वसाथ
यही समाज अगाडि
भन्न सक्नु होस्,
छोरी धन हुन् मेरा, ऋण होइन।

कसैले तपाईंले गरेका संघर्ष
सुनाइदिँदा,
तपाईंले हिँडेका ती अप्ठ्यारा
बाटाहरु भनिदिँदा,
लाग्छ यदि हरेक अविभावक
हजुर जस्तै भइदिए,
हाम्रा चेलीहरु यति पछि पर्दैनथे,
शोषित, दमन भई,
दिनहुँ अत्याचार सही,
दाइजोको निम्ति मर्दैन थिए।

आज हामी हुनुमा पहिलो
हात तपाईंको छ, रहनेछ,
सातै जूनी हजुरकै छोरी
हुन पाऊँ मनले भन्छ,
नारी हौँ, हौँ ममताको
दयाकी खानी,
रुवाउँदैनौ कसैलाई जानी जानी
यदि पायौँ भन्ने उचित ज्ञान,
उज्यालो बनाइदिनेछौँ यो
जगतलाई
बलिदिनेछौँ जसरी बल्छ मैन,
छोरी हौँ, पत्नी हौँ,जननी हौँ

Leave a Reply