म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोककी एक महिला चार दिनदेखि बेपत्ता हुनुभएको छ ।

साउन २२ गते शुक्रबार बिहान ५ः४० देखि परिवार, आफन्त र छिमेकीको सम्पर्क बाहिर रहनुभएकी बेनी नगरपालिका–८ क्याम्पसचोकमा बस्दै आउनुभएकी ४० वर्षीया गंगा पौडेलको खोजी गरिदिन उहाँका दाजु बिष्णु अधिकारीले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनुभयो ।

अस्पताल चोकको केशव मोवाइल एण्ड इलेक्ट्रिकल्स सञ्चालक पौडेल श्रीमान छोरा र छोरीसँगै बस्दै आउनुभएको थियो । दुई दिनसम्म आफन्त र सम्भावित ठाउँमा खोजी गर्दा पनि नभेटिएपछि तेस्रो दिन आइतबार प्रहरीमा उजुरी गरेको अधिकारीले बताउनुभयो । उहाँलाई देख्नु र भेटाउनेले ९८५७६४०४४८ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छन् ।

Leave a Reply