म्याग्दीका एक यूवाको काठमाण्डौमा अचेत अवस्थामा भेटिएका म्याग्दीका एक यूवाको मृत्यु भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–५, मलम्पारका ३० वर्षीय सुजन छन्त्यालको आइतबार विहान गोंगबुमा भेटिएका थिए । अचेत अवस्थामा अस्पतालमा लगिएका यूवाको मृत्यु भएको थियो। मृतक छन्त्यालको मृत्युको कारण हत्या भनिएपनि बाहिरी भागमा चोटपटक नदेखिएकाले कारण अझै खुलेको छैन ।
उनी साथीहरुबाट अलग भएपछि खोजीकार्यको क्रममा मृत भेटिएका थिए । मृतक छन्त्यालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । आइतबार बिहान ३ बजेपछि साथीहरूको सम्पर्क बाट बाहिरिएको बताइएको छ भने म्याग्दी चोक शिव मन्दिर नजिकै अचेत अवस्थामा फेला पारेर वीर अस्पताल लगिएको थियो ।
घटनाको गम्भीरतापूर्वक सत्यतथ्य छानबिन गर्न सम्बन्धीत निकाय लाई अनुरोध गरिएको गूर्जाका यूवा सोम छन्त्यालले बताए । मृतक छन्त्याल संघ कास्कीका अध्यक्ष समेत भएको बताइएको छ । हत्यामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
नोट यसअगाडी हत्या भनिएकोमा घटनामा बाहिरी चोट नदेखिएकाले सच्चाइएको छ ।











