---Advertisement---

म्याग्दीका एक यूवाको काठमाण्डौमा हत्या, घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग

On: September 21, 2026 9:01 AM
Follow Us:

म्याग्दीका एक यूवाको काठमाण्डौमा हत्या भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–५, मलम्पारका ३० वर्षीय सुजन छन्त्यालको आइतबार विहान गोंगबुस्थित शिवमन्दिर अगाडि अज्ञात समूहले हत्या गरेको नेपाल छन्त्याल संघका पूर्व केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिए


‘हत्याको खवरले स्तब्ध बनाएको छ। मृतकको शव हाल वीर अस्पतालमा रहेको छ, निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गर्दछौ’ छन्त्यालले भने ।घटनामा संलग्नको खोजीकार्य भइरहेको छ । विवाद वा पूर्वयोजना अनुसार हत्या गरेको अनुसन्धानबाट खुल्ने छ । मृतक छन्त्याल संघ कास्कीका अध्यक्ष समेत भएको बताइएको छ । हत्यामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment