तस्वीर सौजन्य : सन्दिप शर्मा
म्याग्दी जिल्लाको बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारी यसपटक निकै भाइरल भएको छ । विगतका बर्षमा म्याग्दी र बागलुङ आसपासका क्षेत्रबाट घुम्न जाने तोरीबारीमा यसपटक सडक कालोपत्रे भएसँगै धौलागिरी क्षेत्र बाहेक पोखरा लगायतका क्षेत्रबाट समेत तोरीबारीमा घुम्न आउन थालेका छन् । बिदाको दिनमा दैनिक ३ सयभन्दा बढी घुम्न आउने गरेको स्थानीयको भनाई छ ।
कालोपत्रे सडकमा तस्वीर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाईकल र गाडी चढेरै आउन थालेपछि स्थानीय समेत उत्साहित छन् । संसारकै सातौं अग्लो धौलागिरि हिमालको दृष्यसँगै समथर फाँटको पहेँलपुर तोरीबारीलाई लक्षित गरी स्थानीयले तोरी महोत्सवको आयोजना गर्ने योजना बनाएपनि कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको थियो । तस्वीर सौजन्य सन्दिप शर्मा

Leave a Reply