भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि म्याग्दी प्रवाशी नेपाली संघ र्राष्ट्रिय कार्यसमिति यूएई शाखाले १ लाख ४६ हजार रूपैया सहयाेग गरेकाे छ ।आपतविपत परेका म्याग्देलीलाई सहयाेग गर्ने उद्देश्य राखेर राेजगार र ब्यवसायकाे शिलशिलामा यूएई आएका म्याग्देलीहरूकाे सक्रियतामा गठित माेना यूएई संस्थाले बाढी प्रभावित नागरिकलाई सहयाेग रकम उपलब्ध गराएकाे हाे ।
संस्थाले आयाेजना गरेकाे हरितालिका तीज कार्यक्रम स्थगित गर्दै उठेकाे रकम बाढी प्रभावितलाई सहयाेग गर्ने निर्णय भर्चुअल मिटिङमार्फत गरेकाे थियाे । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले मोना यूएईको तर्फबाट मोना अन्तर्राष्ट्रिय कार्यकारी समिति (MONA IEC) मार्फत एकीकृत रूपमा उपलब्ध गराउने सहयाेगमा १ लाख रूपैयाँ र नेपाली समाज यूएईले उपलब्ध गराउने सहयाेगमा ४६ हजार रूपैयाँ जम्मा गरेकाे माेना यूएईका अध्यक्ष काजीमान बुढाथाेकीले जानकारी गराए ।
माेना आईसीसी र नेपाली समाजले संकलन गरेकाे सहयाेग रकम एकीकृत रूपमा `प्रधानमन्त्री दैवीप्रकोप उद्धार काेष´मा जम्मा हुने छ ।










