हरिकृष्ण गौतम
गत भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीपछि म्याग्दीको मालिका गाउँपालिका–४, छापखानीका भविन्द्र रेग्मी रसुवाबाट सम्र्पकविहिन भएपछि आमा नरमायाँ रेग्मी घर्तीको आँखामा टिलपिल आँसु बगिरहेको छ । बाढीपछि छोरासँग सम्पर्क टुटेपछि आँखामा आँसु रोकिएको छैन। भोटेकोशीमा विनाशकारी बाढी आएको सूचना पाएलगत्तै छोरालाई फोन गर्नुभएकी नरमायाँले सम्पर्क हुन नसकेपछि छोराको खोजीमा काठमाण्डौ जानुभएको छ ।

छोरासँगै काम गर्न रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकुबेसीमा रहेको २ सय १६ मेगावाट क्षमताको आयोजना माथिल्लो त्रिशूली–१,जलविद्युत् आयोजनामा गएका साथीहरु घर फर्किएको सूचना पाएपछि छोराको प्रतिक्षा गरेपनि नफर्किएपछि रसुवामै गएर खोजी गर्ने भन्दै नरमायाँ काठमाण्डौमा पुग्नुभएको हो ।

‘छोराले काम गर्ने ठाउँमै पुगेर खोजी गर्न चाहन्छु, छोराको खोजीका लागि जाने पैसा समेत छैन, त्यहाँसम्म पुगेर फर्किने वातावरण बनाइदिनुहोला’ बागलुङका पत्रकार जसिन्द्रसँगको कुराकानीमा नरमायाँले भन्नुभयो । ‘मेरो एउटै मात्र आशा छ, छोरासँगै घर फर्किन पाइयोस्, काम गर्ने ठाउँसम्म पुगेर फर्किन्छु’ नरमायाँले भावुक हुदै भन्नुभयो । करिब डेढ बर्ष अगाडी आयोजनाको सभिल निर्माण कार्यको जिम्मा चिनियाँ निर्माण कम्पनी पावर चाइनाको बाँधस्थलमा कार्यरत रेग्मीको कमाईले घर खर्च चल्ने गरेको थियो ।

२१ वर्ष अगाडि श्रीमान् बेपत्ता भएपछि छोरालाई हुर्काएर जीवन निर्वाह गदैं आउनुभएकी नरमायाँले छोराले रसुवामा प्रतिक्षा गरेकाले जाने चाहना ब्यक्त गर्नुभएको पत्रकार जसिन्द्रले बेनीअनलाइनलाई बताउनुभयो । वर्षौँको दुःख र आँखाको डिलमा टिलपिल आँसु बगिरहेको नरमायाँले परिवारको आशाको किरण र भोलिको सहारा नै छोरा भएको बताउनुभयो । आफन्तको सहयोगमा काठमाण्डौसम्म पुग्नुभएकी नरमायाँ सँग रसुवासम्म पुग्ने गोजीमा पर्याप्त पैसा छैन।
सकेजति सहयोग गरौँ। एक आमाको आँसु पुछौँ।
Bank detail
Narmaya Regmi
Prabhu Bank Darbang Branch
0750189340200018
Contact- 9849410436 ( नरमाया रेग्मी )









