म्याग्दीको धार्मिक संस्थामा दान तथा भेटी हाल्न क्यूआर कोडको अवधारणा ल्याएको छ । माछापुच्छ्रे बैंकले संकलित भेटी र दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्न तथा अत्याधुनिक बैंकिङ सेवाका प्रयोगकर्तालाई सहज हुने गरी क्यूआर कोड राखेको हो ।

नगदरहित कारोवारलाई प्रोत्साहन गर्न प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर,महारानीथान मन्दिर, बेनी शिवालय मन्दिर, दुर्गा भगवती मन्दिरमा मोवाइलबाटै दान गर्न मिल्ने सुविधा राखिएको शाखा प्रबन्धक यादव आचार्यले बताउनुभयो ।

‘मन्दिरमा दान र भेटी संकलन सहज बनाएको छ,‘घुम्न आउने र दर्शनका लागि जानेलाई सिधै बैंक खातामा सहयोग गर्न सकिन्छ’ शाखा प्रबन्धक आचार्यले भन्नुभयो । गलेश्वर सहित तीन धार्मिकस्थलको विभिन्न स्थानमा क्यूआर कोड मार्फत दान पेटिकामा सहयोग गर्न मिल्ने गरी राखिएको छ भने तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीले समेत क्यूआर कोडको प्रयोग गरी टिकट लिने सुविधा मिलाइएको छ ।

क्यूआर कोड राखिएको संस्थाको माछाापुच्छे« बैकमा खाता रहेकाले सिधै जम्मा हुने भएकाले भक्तजनलाई समेत रसिद दिनुपर्ने झन्झट हटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

यता डिजिटल दान पेटिकाको क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले दान गर्न सहज भएको गैर आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका (टिका) गुरुङले बताउनुभयो ।

‘यो सुविधाले भक्तजनलाई धेरै सहज हुन्छ,‘विदेशमा सबैजसोले डजिटल बैकिङ प्रयोग गछ्र्रन्,‘म्याग्दीका मठमन्दिरमा पनि यो सुविधा देखेर खुसी लाग्यो’ गुरूङले भन्नुभयो ।

अत्याधुनिक बैंकिङ सेवा र सुबिधाहरु नियमित प्रयोग गर्ने गरेकी गुरूङले आगामी दिनमा गलेश्वरमा विदेशबाटै भेटी चडाउने समेत बताउनुभयो ।

क्यूआर कोडको प्रयोग गरी विश्वको कुनैपनि स्थानबाट भक्तजनले संकल्प गरेको दान गर्न सकिन्छ । यसैबीच बैंकले बेनी नरपालिका–४, सिंगा तातोपानीमा अवस्थित प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड,बेनी खानेपानी उपभोक्ता संस्थाका ग्राहकलाई समेत सहज हुने गरी सोही सेवा राखिएको छ । म्याग्दीमा एकैपटक चहलपहल हुने स्थानमा क्यूआर कोडको प्रयोग गर्ने माछापुच्छे« बैंक पहिलो भएको छ।

Leave a Reply