अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

भोट नदिएको भन्दै मल्कवाङमा महिलालाई कुटपिट

On: May 14, 2022 11:35 AM
Follow Us:
---Advertisement---

म्याग्दीको धवलागिरी गाउँपालिका-५,मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ । निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल,बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाईते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताउनुभयो ।

‘मलाई कुटपिट गर्न खोज्दै आएको अवस्थामा उहाँहरुलाई कुटिएको छ,‘हामीले प्रहरीलाई जानकारी गराइसकेका छौ’ छन्त्यालले भन्नुभयो । कुटपिटबाट केही पुरुष समेत घाईते भएका छन् । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने बिरुद्ध किटानी जायरी समेत दिने बताउनुभयो ।

कुटपिटबाट घाईते भएकी झग छन्त्यालका अनुसार महिलाहरूलाई समेत हातपात गरेपछि गाउँ नै अशान्ती भएको बताउनुभयो ।‘निर्घात कुटपिट गरेका छन्,‘सम्झाउन जानेलाई समेत कुटे, हामीले सबै घटनाका बारेमा प्रहरीलाई भनिसकेका छौ’ उहाँले भन्नुभयो ।

उहाँले दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ। कुटपिटबाट घाईते भएकाको स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । यता घटनाका बारेमा कुटपिटको आरोप लगाइएको नेकपा एमाले वडा कमिटीले भने कुनै प्रतिक्रिया दिएको छैन । यता जिल्ला प्रहरी कार्यालयले शनिबार विहानसम्म पीडित पक्षले प्रहरीमा उजुरी नदिएको जनाएको छ ।