---Advertisement---

मंसीर ९ गते बेनीमा लोकप्रिय ब्यान्ड नेपथ्यले कन्सर्ट हुने

On: November 17, 2026 10:30 AM
Follow Us:

हरिकृष्ण गौतम

नेपाली सांगीतिक क्षेत्रको बहुचर्चित ब्यान्ड नेपथ्यले यही मंसीर ९ गते खुल्लामञ्च बेनीमा कन्सर्ट आयोजना हुने भएको छ । सोभन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रममको तयारी तिब्र पारिएको छ । सम्भवत नेपथ्यका अमृत गुरुङसहित ब्यान्डका सदस्यको म्याग्दीमा अन्तिम सांगीतिक कार्यक्रम मानिएकाले अनलाइन तथा टिकट बिक्री कक्षबाट दैनिक धमाधम टिकट बुकिङ भइरहेको छ ।


अनलाइन बाहेक बेनी न्यूरोडस्थित गरिमा विकास बैंक अगाडी रहेको ह्वाइट हाउस रेष्टुरेन्टमा विक्री कक्षबाट बिक्री भइरहेको सोभन इन्टरटेनमेन्ट प्रालिका सञ्चालक सोभन श्रेष्ठले बेनीअनलाइनलाई बताए । उनका अनुसार अनलाइनबाट देशभरबाटै टिकट खरिद भइरहेको छ भने बेनीबाट समेत दैनिक टिकट बिक्री उत्साहजनक रहेको छ । अनलाइनबाट गण्डकी प्रदेश बाहेक विभिन्न जिल्लाबाट समेत खरिद भएको देखिएकाले करिब ५ हजारभन्दा बढीको उपस्थितिमा कन्सर्ट हुने अनुमान गरिएको छ । खुल्लामञ्चमा प्रवेशसहित अन्य सुरक्षाको तयारीमा समेत जुटेको श्रेष्ठले बताए ।, विद्यार्थीलाई रु १ हजार र सर्वसाधारणले रु १५ सय प्रति टिकट किनेर प्रवेश गर्नुपर्छ ।


म्याग्दीमा यो दोस्रोपटक नेपथ्यको कन्र्सट हुदैछ । चर्चित गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नुहुनेछ । परिवार तथा समूहमासमेत दर्शकले टिकट खरिद गरेकाले कार्यक्रममा उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको बताइएको छ । टिकट खरिदमा तराई र कर्णालीका जिल्लाको समेत ठेगाना रहेकाले पर्यटन पर्यटका समेत कन्सर्टले सघाउने भौतिक रूपमा टिकट बिक्री गरिरहेका ह्वाइट हाउस रेष्टुरेन्टका सञ्चालक बिष्णु चोखालले बताए ।

भौतिकरुपमा कन्सर्टकै दिनसम्म टिकट बिक्री गरिने भएपनि अनलाइनमार्फत टिकट बिक्री भने अघिल्लो दिनसम्म हुनसक्ने आयोजकले जनाएको छ । गण्डकी प्रदेशकै राजधानी पोखराबाट स्थापित नेपथ्यको सांगीतिक कार्यक्रमलाई सफल बनाउन विभिन्न यूवा समुह समेत सक्रिय छन् । यसअगाडी म्याग्दीमा बि.स २०६९ सालमा म्याग्दी पुस्तकालयको पुननिर्माणसहितको अभियानमा आयोजना गरिएको थियो । उक्त कन्सर्टमा नेपाल पत्रकार महासंघ म्याग्दीले समेत सघाएको थियो ।

Leave a Comment