????????????????????????????????????

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादीका उम्मेद्वार मोतिप्रसाद बुढा विजयी भएका छन् । शनिबार सम्पन्न वडा नम्बर ३ को मत परिणाम अनुसार वडा अध्यक्षमा बुढाले ३४५ मत प्राप्त गरेका छन् । प्रतिद्धन्दी कांग्रेसका श्यामबहादुर बुढाथोकीले ३२५ ,एमालेका मनबहादुर बुढाथोकीले २४१ र मंगोलका ज्ञानबहादुर पुनले १६ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ३ मा कुल ९४६ मत खसेकोमा गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ३१९ ,माओवादीका रेशमबहादुर जुग्जालीलाई ३५४ ,एमालेका बेगप्रसाद गर्बुजालाई २३३ र मंगोलका खमबहादुर रोकालाई १६ मत खसेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।त्यसैगरी गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ३२० ,माओवादीकी गौरी सेन्चुरीलाई ३४९ ,एमालेकी लक्ष्मीदेवी घर्ति पुनलाई २३५ र मंगोलकी धनदेवी बुढालाई १६ मत खसेको छ ।

Leave a Reply