म्याग्दीको मालिका गाउँपालिका-५, देविस्थानमा अवस्थित देविस्थान स्वास्थ्य चौकीमा नयाँ स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिती गठन भएको छ । आज मंगलबार बसेको बैठकले नवनिर्वाचत वडा अध्यक्ष मिम पुनको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा सरिता विक, सदस्यहरू रुपमाया घर्ती,भेष बहादुर सिउथानी,तिल कुमारी घर्ती, धर्माकान्त पौडेल र सदस्य–सचिव ः तेजिन्द्र राना रहेका छन् ।

कार्यक्रममा निवर्तमान उपाध्यक्ष होम बहादुर बुढाथोकीले समितिले गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो। गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत राजेश थापाले स्वाथ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारको बारेमा जनाकारी गराउनु भएको थियो ।

भेलामा निवर्तमान स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी, नवनिर्वाचित वडाका प्रतिनिधि, अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । सो कार्यक्रममा निवर्तमान समितिका पदाधिकारीहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

Leave a Reply