Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

विषालु च्याउ खाँदा रुमका रविन रोका सहित चारजना बिरामी

बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा म्याग्दीको मालिका गाउँपालिकारुम घर भएका रविन रोका सहित चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खाँदा ताराखोला गाउँपालिका–५ माटेविसौनाका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती र पाहुना बसेका म्याग्दी रुम घर भएका रविन रोका बिरामी भएका छन् ।

घाइतेको गलकोट ‘इमर्जेन्सी पोलिक्लिनिक’ हटियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । हिजो बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेपछि आज बिहान ३ बजे उपचारका लागि हटिया ल्याइएको छ । उनीहरूको स्वस्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।

Exit mobile version