---Advertisement---

भलिबल कभर्डहल जग्गा खरिदमा खेलकुद विकास समितिले १ लाख सहयोग

On: October 4, 2026 8:19 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदका लागि जिल्ला खेलकुद विकास समिति म्याग्दीले १ लाखभन्दा बढी सहयोग गरेको छ ।

भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँलाई सहयोग हस्तान्तरण गदैं जिल्लामा भलिबलसहित अन्य खेलकुद गतिविधिलाई प्रोत्साहनसहित खेलाडी उत्पादन नै समितिको प्रमुख लक्ष्य रहेको बताए ।

‘भलिबलले म्याग्दीलाई चिनाएको छ, पुराना खेलाडीको सम्म्मान, नयाँलाई प्रोत्साहनमा कुनै कमी राख्ने छैनौ, यो सहयोगसँगै कर्वड हल बनाउन थप रचनात्मक सहयोग गछौ’ अध्यक्ष श्रेष्ठले भने । सोही अवसरमा समितिका अध्यक्ष श्रेष्ठले ब्यक्तिगत रुपमा जग्गा खरिदका लागि रु २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।

Leave a Comment