धनिलाल गर्बुजा\गठबन्धनको लुलाङमा घरदैलो अभियान आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले शुक्रबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रिया गरेका छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बिरले अबको पाँचबर्षभित्र प्राथकिताको जगमा बसेर जिल्लाको विकास गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

स्थानीय कार्यकर्ता अगुवा नेता तथा मतदातालाई जिल्लाका सबै बस्तीहरूमा आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने तथा दुर्गम स्थानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने समेत बताउनुभयो ।

मोटरबाटो नपुगेको गूर्जा सहित धवलागिरी गाउँपालिका भित्रका मानबस्तीको बसोबार रहेका दुर्गम बस्तीलाई सुगम बनाउने योजनामा काम गर्नुपर्ने गबूर्जाको भनाई थियो । घरदैलोृमा स्थानीयको आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रदेसशभा क्षेत्र २ का उम्मेदवार रेशम जुग्जालीले बताउनुभयो ।

उहाँले ग्रामिण सडक, शिक्षा, स्वास्थ्य,पर्यटनका साथै स्थानीयको जीवनस्तर उकास्ने क्षेत्रहरुमा आवश्यक बजेट विनियोजन गरेर इमान्दारीका साथ काम गर्न एकपटक गठबन्धनलाई अवसर दिनुपर्ने बताउनुभयो । घरदैलो अभियानमा स्थानीयले सडक, शिक्षा, स्वास्थ्य सहित विभिन्न समस्याहरु सुनाएका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलका जिल्लास्तरीय नेताहरूसाझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन् । जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ छिरेपछि अहिले चुनावी अभियानले तिब्रता पाएको छ ।

Leave a Reply