म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शनिबार गठबन्धनका उम्मेदवारले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा टोल भेला र घरदैलो अभियान गरेको हो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेश क का उम्मेदवार नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारी सहितको टोलीले स्थानीयसंग प्रत्यक्ष भेटघाट गरेर चुनावमा सहयोगका लागि अपिल गरेका छन् । राखु भगवती रुईसे टोल, साझपानी देपुर्ण भगवती मैदानका स्थानीबासीले गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने प्रण गरेका छन ।
गठबन्धनका साझा उम्मेदवार गर्वुजाले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र समृद्धिकाका लागि काम गर्ने जनतासंग प्रतिबद्धता गरेका छन् । त्यस्तै प्रदेश क उम्मेदवार भण्डारीले स्थानीयको समस्यालाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाउदै गठबन्धनलाई जिताउन जन्मगाउँ राखुबासीलाई आग्रह गर्नुभएको छ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रिमबहादुर कटुवाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शिव केसी, कांग्रेसका क्षेत्र क का उपसभापति भवबहादुर भण्डारी लगायतका नेताहरुले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रण गरेका छन । गठबन्धनका नेताले प्रदेश क मा युवा, बौद्धिक उम्मेदवार पाएको भन्दै मतदिएर सहयोग राखुबासीलाई अपिल गर्नुभएको थियो ।
गठबन्धनको चुनावी अभियान प्रदेश क सहित ख का उम्मेदवार रेशम जुग्जालीसहितको टोलीको चुनावी अभियानमा राजनीतिक दलका भातृ संगठनहरुका नेता तथा कार्यकता आफ्ना उम्मेदवार जिताउन खटिएका छन ।

Leave a Reply