मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशनले घरदैलो अभियानलाई तिब्रता दिएको छ । उम्मेदवार सहित घरदैलो अभियानमा रहेको मंगोलले आफ्नो अस्तित्व स्थावित गर्न सबै एकजुट भएर वर्णभेदी नितिको खुलेर विरोध सहित मत मागिरहेको छ । चुनावी अभियानले उत्साहित भएको प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार एवम् जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो।

उहाँले हालसम्म रघुगंगामा घरदैलो अभियान सकेको बताउँदै मालिका र धवलागिरी सहितका केही वडामा समेत अभियान सम्पन्न गरेको बताउनुभयो । अभियानको क्रममा प्रतिनिधिसभाका उम्मेदवार ओमराज मगर, प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार दिपक पुन र समानुपातिक उम्मेदवार रन बहादुर फगामी सहितको टोली रहेको बताइएको छ ।

बेनी नगरपालिका–७,बिरेन्द्रचोक पार्टी कार्यालय रहेको मंगोलले चुनवाी अभियानलाई गएको स्थानीय तहका कमीकमजोरीबाट पाठ सिक्दै थप सशक्त बनाउने बताएको छ । पहिलोपटक स्थानीय तहको चुनावी मैदानमा उत्रिएको मंगोल नेशनल अर्गनाइजेशनले स्थानीय तहमा जित्न नसकेपनि निरन्तर संगठनमा आर्कषण बढेको जनाएको छ ।

Leave a Reply