म्याग्देली प्रबासी नेपाली संघ (मोना) बेल्जियमले आयोजना गरेको मोना डान्स आइडलको ताज चोक्तेन लामाले पहिरेकी छिन। फाइनलमा पुगेका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिको ताज हात पारेकी हुन। बेल्जियमको अन्तवेरपेनको मेर्कसेममा सम्पन्न भएको प्रतियोगितामा फस्ट रनरअफ दीक्षा शर्मा, सेकेण्ड रनरअफ आरोही शर्मा र सान्त्वना नेहा रिजाल भएकी छन् ।

विजेता, उपबिजेता र तृतिय र सान्त्वनालाई क्रमश ७०१ युरो नगद, ५०१ र ३०१, १ सय युरो नगद, मेडल,ताजले महामहिम राजदुर गेहेन्द्रराज भण्डारी, मोना अन्तराष्ट्रिय कार्यकारी समितिका संरक्षक तथा मोना बेल्जियमका संस्थापक अध्यक्ष शिवकुमार बरुवाल, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले सम्मान गदैं आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

पुरस्कार वितरणका कार्यक्रममा कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष घन शाही, पूर्व अध्यक्ष योगेन्द्र विक, निर्वतमान अध्यक्ष रकेन्द्र घिमिरे,मोना अन्तराष्ट्रियकी महिला संयोजक नैना पुनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यूरोपमा रहेका नेपालीलाई जन्मभूमीको कला र संस्कृतिका बारेमा सचेत बनाउने र सांगीतिक कार्यक्रममार्फत सक्रिय बनाउन मोना डान्स आइडलको आयोजना गरिएको मोना बेल्जियमका अध्यक्ष प्रदीप थापा सुमनले बेनीअनलाइनलाई बताए ।

उनले प्रतियोगितालाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद सहित आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताए । प्रतियोगितामा अतिथि कालाकारको रुपमा कार्यक्रममा नेपालका चर्चित गायक बिष्णु क्षेत्री र गायिका दुर्गा गुरुङको बिशेष प्रस्तुतिका साथै नन्दा गुरुङ,बेनिशा केसी, रिभा आचार्य, दृष्टी भण्डारी। ग्रीशा गैरेले समेत प्रस्तुती दिएका थिए ।

अध्यक्ष थापाको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष ज्ञान रकालको स्वागत र महासचिव रामचन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागि सबै प्रतियोगिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। यो डान्स आइडलको ११ औं संस्करण हो । विगतमा बेल्जियम र युरोपका गरी १० जना ‘मोना डान्स आइडल’ बनिसकेका छन् । यूरोपमा रहेका नेपालीमाझ मोना बेल्जिमयको मोना डान्स आइडल निकै चर्चित छ ।

Leave a Reply