---Advertisement---

म्याग्दीबाट प्रकाश दुतराजको नयाँ सांगीतिक यात्रा

On: September 13, 2026 7:03 PM
Follow Us:

कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ ९सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह० सुरुआत गरेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक भएको हो ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएर सदरमुकाम बेनीमा बाल्य तथा किशोर अवस्था बिताएका दुतराजले नेपालमै पहिलो पटक लोक सांंगितिक समूह बनाएको बताए । ‘यो नेपालको पहिलो लोकसंगीत ब्यान्ड हो, विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसंगीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरुआत गरेको छु’ दुतराजले भने ।


दुतराजले अबको साङ्गीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको वाद्यावादनसहित हुने बताए । करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकामा खुसी र उत्साही छु’ उनले भने । ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवद्र्धन गर्ने उद्देश्य भएको बताए ।

दुतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवाधनसहित १२ कलाकार समावेश भएका छन् । ब्यान्डले नेपालमा साङ्गीतिक टूरको समेत तयारी गरिरहेको जनाएको छ । उहाँका मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना भ्mयालैमालगायतका लोकगीत चर्चित छन् । यसअघि यही भदौ १२ गते जनैपूर्णिमा पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रम रसुवा बाढीका कारण स्थगित भएको थियो ।

सांगीतिक कार्यक्रमको संयोजन मोना अन्तराष्ट्रि«यका उपाध्यक्ष किसान जिसीले आफ्नो जिल्लामा जन्मिएको यूवालाई प्रोत्साहन गर्न आर्थिक सहयोग जुटाएको बताए ।


आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । संघले आयोजना गरेको महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि हामीले साथ दिएको अध्यक्ष श्रेष्ठले बताए । दुतराजको ब्यान्डको प्रस्तुतिमा रमाउनका लागि म्याग्दीका साथै बागलुङ र पर्वतबाट आएका दर्शकहरूले बेनीको खुलामञ्च भरिएको थियो ।

प्रवेश निःशुल्क गरिएको कार्यक्रममा दर्शकहरू प्रकाशको प्रस्तुतिसँगै सिमसिमे पानीको प्रवाह नगरी नाचेर मनोरञ्जन लिएका थिए ।प्रस्तुतिअघि आफ्नो विगतका सङ्घर्षका दिन र साथ दिनेहरूलाई सम्झिएका दुतराजले आगामी दिनमा पनि साथ र सहयोग गर्न अपिल गरेका छन् । कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट सम्मान गरिएको थियो ।

Leave a Comment