ओखलढुंगाबाट निर्वाचित पोखरेलले एक प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलले गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले भने विश्वराजलाई बर्खास्त नै गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा आफ्नो बिचार ब्यक्त गर्नुभएको छ ।
यसरी भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि पूर्वएआइजी समेत रहेका पोखरेलको चर्को आलोचना भइरहेको बेला सांसद पुनले लेख्नुभएको छ ‘यिनी कुन पार्टीका हुन् कुन्नी? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ। सासंद भनेको जनताको नोकर हो। एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नुपर्छ ।’ पुनले पोखरेलले माफी माग्नुपर्ने समेत बताउनुभयो ।
‘५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ। बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ? कि तुरुन्त माफी माग्नु परÞ्यो कि त सारा जनताले फिर्ता बोलाउनु परÞ्यो। सासंद पदको बेइज्जत नै गरÞ्यो त,’ पुनले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ।
सांसद पोख्रेलले यसरी शिक्षकलाई हप्काउनुभएको थियो।
‘तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी हुँ। म माननीय नभएको भए पनि तपाईंले रेस्पेक्टका लागि; भोलि तपाईं रिटायर्ड हुनुहुन्न? तपाईंले त्यस्तो गर्ने? एउटा जिल्लाको माननीय आउँदा हेड मास्टर भित्र चुप लागेर बस्ने? तपाईंले जे गर्दा पनि हुन्छ? त्यस्तो कुरा नगर्नुस्,’ उनले भनेका थिए।यसरी थर्काएको भिडिओ बाहिरिएपछि रास्वपाका सांसद गणेश कार्कीले नै विश्वराजको आलोचना गरेका छन्।
‘म माननीय भनेको राम्रो सुनिन्छ र? सुनिँदैन त। आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरू। यही सांसद पद पनि बढीमा ५ वर्ष हो। के बानी पार्नु? अनि ’हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु! भुइँ नछोडौँ न है,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।













