---Advertisement---

म्याग्दीमा भलिबल खेलाडी छनौट सुरू

On: April 26, 2026 8:08 PM
Follow Us:

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय महिला, पुरूष भलिबल प्रतियोगिताका लागि म्याग्दीमा खेलाडी छनौट प्रतियोगिता सुरू भएको छ । जिल्ला खेलकुद विकास समिति र म्याग्दी भलिबल संघको आयोजनामा आइतबार प्रदेशसभा ‘क’ अन्तरगत बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट महिला, पुरुष गरी २५ जना खेलाडीले छनौट प्रतियोगितामा सहभागिता जनाएका थिए ।

बेनी नगरपालिका–७,मंगलाघाटस्थित खैलमैदानमा सम्पन्न भएको छनौटमा सहभागि खेलाडी र सोमबार प्रदेश ‘ख’अन्तरगत मंगला, मालिका र धवलागिरी गाउँपालिकका खेलाडीको बावियाचौरस्थित डनिङ बोर्डिङ स्कुलमा छनौट गरिने म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बेनीअनलाइनलाई बताउनुभयो ।


प्रदेशसभा ‘क’ र ‘ख’ को छनौटमा सहभागि भएका खेलाडीबाट उत्कृष्टलाई समेटेर जिल्लास्तरीय टिम घोषित गरिने छ । जिल्लाबाट महिला र पुरुषको टिममा १२ जना खेलाडी, ३ जना बैकल्पिक खेलाडी सहित प्राविधिक टोली सहित १५ जना हुने संघका महासचिव कुमार किसानको भनाई छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले छनौटमा सहभागि भएका खेलाडीलाई खेलमा उत्कृष्ट प्रर्दशनको सुभकामना दिदैं छनौट भएका खेलाडीलाई प्रशिक्षणसहित प्रतियोगितामा कुनैपनि कमी हुन नदिने बताउनुभयो ।

जेठ २५ देखि २७ गतेसम्म हुने तनहँु जिल्लामा हुने १० औ राष्ट्रि«य प्रतियोगितामा म्याग्दीलाई उत्कृष्ट नतिजा ल्याउने गरी खेलाडीलाई तयारी गरी सहभागि गराउने अध्यक्ष श्रेष्ठको भनाई छ । खेलाडी छनौट प्रतियोगितमा प्रशिक्षक मलिन रोका, भलिबल संघका पालिकास्तरीय पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।

Leave a Comment