म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरबाट देखिएको धौलागिरी र अन्नपूर्ण रेञ्जको धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला । धार्मिकसँगै ग्रामिण पर्यटकको समेत सुन्दर गन्तब्य रहेको मालिकाधुरीमा एउटै थुम्कोमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।

त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा मालिका गाउँपालिका–७, रघुगंगा गाउँपालिका–६ र मंगला गाउँपालिका–२ हिदीबाट सडक सञ्जाल जोडिएपछि भक्तजन र धार्मिक पर्यटकलाई सहज भएको छ ।
तस्वीर सौजन्य : छवि आचार्य


















