---Advertisement---

म्याग्दीमा दुई शरीर र आठ खुट्टा भएको मृत पाडो शल्यप्रक्रियाबाट निकालेर भैंसीलाई बचाइयो

On: October 31, 2026 7:35 PM
Follow Us:


हरिकृष्ण गौतम
म्याग्दीको मालिका गाउँपालिका–२, का धुलवाङका किसान देवीराज पुनको ब्याउन नसकेको भैँसीको शल्यक्रिया (सिजरिन प्रविधि) प्रक्रियाबाट मृत पाडो निकालेको छ । भैंसीलाई ब्यथा लागे पनि ब्याउन नसकेपछि मालिका गाउँपाकिलाका पशु प्राविधिक अनुस रिजालको नेतृत्वमा गएको प्राविधिकको टोलीले जाँचका क्रममा पेटभित्रै पाडोको दुईवटा शरीर, आठवटा खुट्टा र दुईवटा पुच्छर एउटै टाउकोमा जोडिएको अवस्थामा मृत भेटिएपछि टुक्रा पारी निकालेर भैसीलाई बचाउन सफल भएका छन् ।


प्राविधिक रिजाल, प्राविधिक सरोज पन्थ र वडाका प्राविधिक अर्जुन चोखालले करिब ३ घण्टाको प्रयासमा शल्यक्रिया गरेका थिए । असामान्य बनोटका कारण मृत पाडोलाई सामान्य प्रक्रियाबाट निकाल्न सम्भव नभएपछि टुक्रा पारेर बाहिर निकाल्नुपरेको प्राविधिक रिजाललेब बताउनुभयो । ‘निर्कै जटिल शल्यक्रिया गरी भैसीलाई बचाउन सफल भएका छौ, अहिले माउको स्वास्थ्य राम्रो छ ।

घाँसपानी खान थालेको छ’ प्राविधिक रिजालले बेनीअनलाइनलाई भन्नुभयो । प्राविधिक रिजालले आफ्नो भेटेरिनरी कार्यजीवनमै यो अत्यन्तै दुर्लभ र चुनौतीपूर्ण घटना भएको बताउँदै पाँच घण्टाको कठिन संघर्षपछि माउ भैँसीलाई नयाँ जीवन दिन सफल भएकोमा खुसी लागेको बताउनुभयो ।


पाडोको असामान्य शारीरिक बनोट देखेर आश्चर्यमा परेको बताउँदै पशुचौपायको शल्यक्रिया गर्ने गरिएपनि यो अवस्था दुर्लभ तथा सम्भवत म्याग्दीमै पहिलो भएको रिजालको दावी छ ।

व्यथा लागेको लामो समयसम्म ब्याउन नसकी छट्पटाएको भैँसीको समयमै उपचार नगरेको भए ज्यानै जाने अवस्था आउछ । प्राविधिक रिजालसहितको टोलीले असामान्य अवस्था देखेपछि गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको कृषक देवीराज पुनले बताउनुभयो ।

विगतमा ब्यथा लागेको पशुचौपायाले समयमै उपचार नपाउँदा गुमाउनुपरेको अवस्थामा अहिले प्रविधि र अनुभवी प्राविधिकका कारण सहज भएको भन्दै कृषक थापाले खुसी ब्यक्त गर्नुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बाख्रा र भैसीको शल्यक्रियाको माध्यमबाट समेत उपचार गर्ने गरिएको अधिकृत सुभाष रेग्मीले बताउनुभयो । म्याग्दीका स्थानीय तहमा पशु शाखामा दक्ष जनशक्ती भएका कारण पशुपालक कृषकलाई सजिलो भएको छ ।

Leave a Comment