---Advertisement---

अन्डर एसइइ फुटसलको उपाधि इगल एफसीलाई

On: May 5, 2026 8:58 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित प्रथम सिआर गनुश प्रथम अन्डर एसईई कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाई आत्मसात गर्दै आयोजित प्रतियोगितामा इगल एफसी प्रथम, धारापानी एफसी द्धितिय भएको थियो ।


निकै कडा प्रतिस्पर्धा भएको खेलमा ४–३ को गोल अन्तरले विजेता बनेको एगलका सुशिल पुन प्लेयर अफ द टुनामेन्ट बनेका थिए भने इगल एफसीकै गोलरक्षक बिबस बुढाथोकी सर्वाधिक गोलकर्ता घोषित भउका थिए । प्रतियोगितामा धारापानी एफसीका सन्दिप क्षत्रीले सर्वाधिक गोल गरेको खेल संयोजक गणेश क्षेत्रीले बताए ।


प्रतियोगितामा यसबर्ष एसइई दिएका बाहेक खेलाडीको सहभागिता रहेको थियो । विजेताहरूलाई नगद २२ हजार २२२, शिल्ड, प्रमाणपत्र र मेडल तथा उपविजेतालाई नगद ११ हजार ११११ शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। प्रतियोगितामा जम्मा १७ टिम सहभागी थिए । म्याग्दीको सदरमुकाम बेनीमा फुटसल सञ्चालनमा आएपछि विभिन्न प्रतियोगिताको आयोजना भइरहेको छ ।

Leave a Comment