---Advertisement---

भलिबल कभर्डहल जग्गा खरिद गर्न अष्ट्रेलियाबाट रोका दम्पत्तीको साढे दुई लाख सहयोग

On: May 3, 2026 4:41 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदका लागि जिल्लाको मंगला गाउँपालिका–१,कुँहु तुसारेपानी निवासी हाल सिड्नीमा बस्दै आउनुभएका मुक्ति र टिका रोकाले उक्त सहयोग गर्नुभएको हो ।

मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष, भलिबल संघका सल्लाहकार,पूर्व भलिबल खेलाडी एवम् सामाजिक तथा मानवीय सेवामा सक्रिय रोका दम्पत्तीले भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा सहयोग गर्नुृभएको अध्यक्ष संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।


‘भलिबलको क्षेत्रमा रोका दम्पत्तीको सहयोगबाट उत्साहित छौ, स्वदेश विदेशबाट सहयोग जुटाएर समयमै जग्गा खरिद गर्नेछौ’ अध्यक्ष बानियाँले भन्नुभयो । सहयोगदाता रोका दम्पत्तीले म्याग्दीमा निशुल्क आँखा शिविर, स्वर्गीय बुबाआमा गणेश, पविसरा रोकाको स्मृतीमा बर्षेनी खेलकुद तथा शैक्षिक सहयोगका साथै मानवीय सेवामा समेत सहयोग गर्ने गर्नुभएको छ ।

जिल्लाका लागि एक भलिबल कर्भडहलको निर्माण आवश्यकता रहेकाले अभियानमा साथ दिएको रोकाले बताउनुभयो । खेलकुदको क्षेत्रमा म्याग्दीलाई भलिबलले स्थापित गरेको बताउँदै रोकाले यो अभियानमा सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।


भलिबल कभर्डहल निर्माणका लागि गत साता मोना अष्ट्रेलियाको संयोजकत्वमा अन्य म्याग्देली संघ–संस्थाहरू जलजला परिवार अस्ट्रेलिया, मंगला परिवार अस्ट्रेलिया, म्याग्दी काली युनाइटेड, राखु समाज अस्ट्रेलिया, घारा समाज अस्ट्रेलिया, पर्वत बेनी युनाइटेड क्लब तथा मोनाको क्षेत्रीय कार्यसमितिले समेत अभियान सुरु गरेको अध्यक्ष सुसन श्रेष्ठले बताउनुभयो ।

अष्ट्रेलियामा सबैलाई आफ्नो इच्छा र क्षमताअनुसार यस पवित्र अभियानमा जोडिन समेत अनुरोध गरिएको छ। बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।


राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रिय तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा सञ्चालन गर्ने गरी हाल अस्थायी रुपमा बेनी नगरपालिकाको सहयोगमा मैदान तयार गरिदै छ ।

कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Comment