अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देली बिचको एकता र सहकार्यका लागि समाजमा आवद्ध भएर रचनात्मक कार्यमा सहभागि हुनुपर्ने आवश्यकता रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । म्याग्दी समाज न्युयोर्कको चौथो साधारण सभाको अवसरमा बोल्ने बक्ताले जन्मभूमि नेपाल तथा कर्मभुमीमा हुने विभिन्न गतिविधिमा म्याग्देलीको सहभागिता परिणामुखी हुने बताइएको थियो ।

म्याग्दी समाज न्युर्योकका अध्यक्ष तिर्थ घर्ती मगरको अध्यक्षता तथा संस्थाका बरिष्ठ उपाध्यक्षय सोम बुढाथोकीको स्वागत मन्तब्य भएको साधारणभामा समाजका वरिष्ठ सल्लाहकार मन रोका, निर्वतमान अध्यक्ष रमेश तुलाचन, मगर संघ न्यूर्गोक च्याप्टरका अध्यक्ष रत्नसिङ गर्बुजाले शुभकामना मन्तब्य दिएका थिए ।

महासचिव चक बहादुर पाईजा द्वारा प्रस्ततु संस्थाको संगठानीक र प्रगती प्रतिवेदन र कोषाध्यक्ष रामचन्द्र सापकोटाद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन छलफल गरी पारि गर्दै सभा सम्पन्न गरियो । साधारणसभाको सञ्चालन महासचिव पाईजाले गरेका थिए । साधारणसभामा अध्यक्ष घतीे मगरले संस्थामार्फत भइरहेका कार्यहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाए । विगतमा समाजमार्फत म्याग्दीमा शैक्षिक,स्वास्थ्य सहित विभिन्न मानवीय सेवाका कार्यहरु गरिएको छ ।

















