---Advertisement---

आठ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

On: May 8, 2026 10:57 AM
Follow Us:

विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो।

समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ।

Leave a Comment