---Advertisement---

निःशुल्क मुटुरोग उपचार शिविरमा १७ जना मुटुरोगी बिरामीको रिफर

On: May 9, 2026 10:07 PM
Follow Us:

जलजला गाउँपालिका पर्वतमा शनिबार सम्पन्न निःशुल्क मुटुरोग उपचार शिविरमा १७ जना मुटुरोगी बिरामी पहिचान भएको छ । गाउँपालिकाको आयोजना तथासेभ द हार्ट काठमाडौँको प्राविधिक सहयोगमा जलजला–४ स्थित लुङदी आधारभुत विद्यालय मोहनचोकमा सञ्चालित निःशुल्क मुटुरोग परीक्षणसम्बन्धी शिविरमा करिब साढे ७ सय लाभान्वित भएका छन् ।

शिविरमा शल्यक्रिया सहित थप परीक्षणाका लागि १७ जनालाँई काठमाण्डौ रिफर गरिएको गाउँपालिका अध्यइा राजुप्रसाद आचार्यले बताउनुभयो । शिविरमा पर्वत, म्याग्दी, बागलुङबाट सेवा लिन विहानैदेखि बिरामीको भिड लागेको थियो ।


शिविरमा २ सय ६३ जनाले इको, मुटुको इसिजी ४ सय ६७ जनाले गरेका थिए । कलिला बालबालिकासहित केही बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्थाको भेटिएको मनमोहन कार्डियोथेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँका प्रमुख बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो ।

शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भट्टराई नेतृत्वमा,बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. दिब्यसिंङ शाहसहित काठमाडौबाट चिकित्कससहितको टोलीले स्वास्थ्य परीक्षण र परामर्शका साथै निःशुल्क औषधि वितरण सम्बन्धी सेवा पनि दिइएको थियो ।

शिविरमा मुटु, मृगौला, मधुमेह, थाइराइट, दम तथा छाती, हार्डजोर्नी तथा नशाका बिरामी धेरै लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताउनुभयो । सेभ द हार्टको आयोजनामा म्याग्दी सहित देशभर विभिन्न जिल्लामा निःशुल्क मुटुरोगको शिविर आयोजना गरिसकेको छ।

Leave a Comment