राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू इतिहास लेख्ने यात्रामा हिँडेको बताएका छन् । आइतबार सांसदहरूलाई गरिरहेको प्रशिक्षण कार्यक्रममा उनले पार्टीको पदमा वा सरकारमा मन्त्री र प्रधानमन्त्री बन्ने मात्रै ठूलो कुरा नभएको बताए ।
“कसैलाई लाग्ला, पार्टी सभापति प्रधानमन्त्री बन्न हिँडेको लाग्छ भने त्यो पूर्णतया भ्रममात्रै हो । म जीवनी लेख्न हिँडेको होइन । इतिहास लेख्न हिँडेको हो,” उनले भने, “मलाई जीवनीमा ठूलो इन्ट्रेस्ट छैन । जीवनी लेख्नु ठूलो कुरा होइन ।”
उनले आफूहरू इतिहास लेख्ने ठाउँमा नै भएको बताए । चुनावमा जाँदा नै बहुमत ल्याइन्छ भन्ने आफूहरूलाई थाहा भएको बताए । सजिलो संघर्षबाटै आफूहरू यहाँ आइपुगेको बताए ।












