हरिकृष्ण गौतम
म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माविले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ ले उत्कृष्ट नतिजा ल्याएको छ । यस वर्ष विद्यालयका अभिषेक केसी,मनिक अधिकारी, प्रज्ञा रिजाल, स्मृति खड्का र सुप्रिम पौडल गरी ५ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याउन सफल भएका छन् ।

विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले विद्यालयले लगातार उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिएको बताउनुभयो । विद्यालयका प्रअ हमालले उत्कृष्ट नतिजाप्रति खुसी व्यक्त गर्दै सम्पूर्ण विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना यक्त गर्नु भएको छ ।

विद्यालयको सफलतामा योगदान पु¥याउने शिक्षक, शिक्षिका र अभिभावकप्रति आभारसमेत व्यक्त गर्दै उहाँले हाल विद्यालयको भौतिक र शैक्षिक वातावरणले विद्यार्थीलाई आर्कषित गरेको बताउनुभयो ।

विद्यालयबाट यसबर्ष ३.६१–४ जिपिए ल्याउन २३ जना,३.२१–३.६ जिपिए ल्याउने २१ जना,२.८१–३.२ जिपिए ल्याउने २२ जना,२.४१–२.८ जिपिए ल्याउने ७ जना र नन ग्रेडेड ५ जना रहेको सहायक प्रअ विनय श्रेष्ठले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित नतिजाअनुसार म्याग्दीमा पहिलोपटक सर्वाधिक एकै विद्यालयबाट ५ जना चार जिपिए ल्याउनेमा प्रकाश मावि भएको छ ।

म्यादीमा यसबर्ष सहभागि भएका विद्यार्थीमध्ये साधारणभतर्फ कुल १२ सय ७१ जना विद्यार्थी उत्र्तिणा भएका छन् भने ३ सय ५७ जना ननग्रेडमा परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बिदुर चापागाइले बताउनुभयो ।









