---Advertisement---

रास्वपा बेनपा-२ वडा सभापतिमा पूर्णबहादुर सुबेदी

On: May 10, 2026 9:57 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले बेनी नगरपालिका–२ भकुण्डेमा प्रथम वडा अधिवेशन गरेको छ । आइतबार आयोजित भेलाबाट वडा सभापतिपुर्ण बहादुर सुवेदी,उपसभापति सृजना केसी थापा,सचिव वीर बहादुर घिमिरे रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा मञ्जु सार्की, सम्झना कुमारी सुवेदी, यमुना घिमिरे खत्री, अनिता कुँवर थापा, बल बहादुर घिमिरे, देव नेपाली, राजिव घिमिरे तथा रुमा कुँवर रहेको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो । सोही अवसरमा संगठन विभाग प्रमुख बलराम जिसी,उपप्रमुख नारायण घिमिरे, दु्रत कार्यदलको प्रमुख सुदीप जिसी,उपप्रमुख बसन्त प्रधान र सदस्यमा दीपेन्द्र परियार रहनुभएको छ ।

वडा समितिलाई पाटीका प्रशिक्षण विभाग प्रमुख दिपक श्रेष्ठले सपथग्रहण गराउनुभएको थियो । बेनी नगरपालिकामा रास्वपाले संगठन विस्तारको अभियानलाई तिब्रता दिएको छ । रास्वपा म्याग्दीले जेठ महिनाभित्र जिल्लाका ६ वटै स्थानीय तहको ४५ वडामा संगठन विस्तार गर्ने निर्णय अन्तरगत धमाधम वडा अधिवेशन भइरहेको छ।

Leave a Comment