---Advertisement---

रास्वपा झिँ सभापतिमा गजेन्द्र पुन

On: May 23, 2026 9:32 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिका वडा नं -५, झिँमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र पुनको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा मिन बहादुर रोका,सचिव नर कुमार थजाली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा बुढीमाया शेर्मन्जा,खीम बहादुर पाईजा,सोम बहादुर गर्बुजा,दुध बहादुर पुन,अक बहादुर शेर्पुन्जा,दल बहादुर शेर्पुन्जा रहनुभएको छ।


सोही अवसरमा संगठन विभाग प्रमुखमा तक बहादुर पाईजा,उपप्रमुख चन बहादुर थजाली,दुत्र कार्यदलको प्रमुख मोहन गर्बुजा,उपप्रमुख लाल प्रसाद रोका रहनुभएको जिल्ला सभापति युवराज रोकाले जानकारी दिनुभयो । रास्वपा म्याग्दीले जेठ महिनाभित्र जिल्लाका ६ वटै स्थानीय तहको ४५ वडामा संगठन विस्तार गर्ने निर्णय अन्तरगत धमाधम वडा अधिवेशन भइरहेको छ।

Leave a Comment