---Advertisement---

केवि एकेडेमीले जित्यो एसईई कप फुटसलको उपाधि

On: May 23, 2026 9:12 PM
Follow Us:

बागलुङ/प्रथम माध्यमिक शिक्षा परीक्षा (एसईई) कप फुटसल प्रतियोगिताको उपाधि म्याग्दीको मनसुन एक्स केवि एकेडेमीले जितेको छ ।शनिबार सम्पन्न फाइनल खेलमा फ्युचर ब्राइटर इङ्लिस बोर्डिङ स्कुलाई ०–१ गोलले पराजित गर्दै मनसुन एक्स केवि एकेडेमीले उपाधि जितेको हो । विजेता केवि एकेडेमीले नगद १५ हजारसहित ट्रफी र मेडल प्राप्त गर्दा फ्युचरले ८ हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको रुपमा फ्युचर ब्राइटर निलो टिमका अरुन भण्डारी, उत्कृष्ट गोलरक्षकमा केवि एकेडेमीका सज्जन घर्ती, उदयमान खेलाडीमा गुराँस विद्या सदनका सन्दिप हमाल र सर्वाधिक गोलकर्ताको उपाधि केवि एकेडेमीका सितल थापाले पाउँदा गुराँस विद्या सदन अनुशासित टिम घोषित भएको छ ।

कार्यक्रममा कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्का, हिसान बागलुङका अध्यक्ष बालकृष्ण शर्मा र चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले मन्तव्य व्यक्त गर्दै खेल प्रतिभा पहिचानमा भूमिका खेल्ने बताए ।

एसइई दिएर बसेका बिद्यार्थीलाई खेलप्रति रुचि बढाउने अभिप्रायले सम्पाद अंकित स्पोर्टस्ले आयोजना गरेको प्रतियोगितामा म्याग्दी र बागलुङका २२ टिमको सहभागी थिए । कार्यक्रम सम्पदा अंकित स्पोर्टका प्रोपाइटर सौगात खड्काको अध्यक्षता र पत्रकार रोहन जिसीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Comment