म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरु विनाबर्दीको प्रहरी भएको बताउनुभएको छ । मङ्गलवार जिल्ला प्रहरी कार्यालय म्याग्दीले आयोजना गरेको जिल्लामा क्रियाशील पत्रकारहरु तथा सञ्चारकर्मीसँगको भेटघाट एवं अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नवआगन्तुक प्रहरी नावय उपरीक्षक कार्कीले पत्रकार राज्यको चौथो अङ्ग भए पनि बर्दीबेगको प्रहरी भएको उल्लेख गर्दै समाजमा घट्ने हरेक किसिमका घटनाहरुमा पत्रकारहरु जोडिरहने बताउनुभयो । उहाँले समाजमा हुने अपराधजन्य क्रियाकलापहरु नियन्त्रण तथा निरुत्साहित गर्नका लागि सबैको सहयोग आवश्यक पर्ने बताउँदै समुदायमा शान्ति र अमनचयन कायम गराउन पत्रकारको पनि भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

जिल्लामा हुने जुनकुनै घटनाहरुको पनि पत्रकारहरुलाई सकेसम्म छिटोभन्दा छिटो सूचनाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै नवआगन्तुक प्रनाउ कार्कीले दुर्घटना तथा विपद्को समयमा तत्कालै पहिलो काम उद्धार गर्नुपर्ने भएकाले सूचना सम्प्रेषणमा ढिलाई हुन सक्ने बताउनुभयो । उहाँले यसभन्दा अगाडिका प्रहरी प्रमुखहरुको पालामा भएका राम्रा कामहरुको निरन्तरता दिँदै सुधार गर्नुपर्ने भएमा त्यसलाई सुधार गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । प्रहरीले ऐन, नियम र कानुनअनुसार कार्यसम्पादन गर्ने उहाँको भनाइ छ ।

नवआगन्तुक प्रनाउ कार्कीले प्रहरी सेवामा प्रवेश गरेको १४ वर्ष पुरा भएको अनुभव सुनाउँदै म्याग्दी जिल्लामा आफू पहिलोपटक आएकाले सबैसँग समन्वय, सहकार्य र सहयोगी भावनाको साथमा अगाडि बढ्ने बताउनुभयो । उहाँले लागूऔषधको समस्या अहिले देशभरी नै रहेकाले यसको न्यूनीकरण गर्ने काम प्रहरी एक्लैले गर्न नसक्ने भएको बताउँदै सबै मिलेर लागूपदार्थको दुव्र्यसनीलाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जिल्लामा लागूऔषधको प्रयोगलाई निरुत्साहित गर्नका लागि प्रहरीले कारवाही प्रक्रिया तीव्र बनाएको बताउनुभयो । लागूऔषध दुव्र्यसनीका प्रयोगकर्ताहरुलाई प्रक्राउ गरी आवश्यक अनुसन्धानसहित कारवाही गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पछिल्लो समय म्याग्दीमा लागूऔषधको दुव्र्यसनी र बालविवाह बढ्दो क्रममा रहेको बताउँदै विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको सीमा क्षेत्रबाट लागूऔषध भित्रिने तथा कुरिएर सेवामार्फत इलेक्ट्रिक चुरोट (भेप) झिकाउने गरिएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लाको जोखिमयुक्त क्षेत्रमा प्रहरीको गस्ती बढाउनुपर्ने, सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउनुपर्ने, लागूऔषधको प्रयोग नियन्त्रणलगायत विषयहरु उठान गरेका थिए ।










