---Advertisement---

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाईते

On: June 4, 2026 5:08 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरबाट सिंगा तातोपानी आउँदै गरेको ट्याक्टर र मोटरसाइकल फापरखेतमा एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ्घाईते भएका छन् । बेनीबाट दरबाङतर्फ जाने क्रममा लु.९२ प ३३९ नंंबरको मोटरसाइकलमा सवारकैलाली चुरे गापा. ७ निगाली घर भई मालिका गापा.६ दरवाङ स्थित धौरागिरी लघुबित्त सस्थाका कर्मचारी बर्ष ३२ को तेज बहादुर बोहोरा घाईते भएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो ।


दुर्घटनास्थलकम सिंगातातोपानी प्रहरी चौकीबाट प्रसनि. दिवाकर सुबेदीको नेतृत्वमा गएको टोलीले घाईतेको उद्धार गरी प्रदेशिक अस्पताल बेनीमा पठाइएको छ भने टयाक्टर चालक जिल्ला म्याग्दी मालिका गापा.१ निस्कोटका बर्ष २३ को लालप्रसाद सुनारलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ।

Leave a Comment