---Advertisement---

कलिला कोपिलामाथि गिद्धे नजर !

On: June 4, 2026 5:59 PM
Follow Us:

हरिकृष्ण गौतम
कुनै-कुनै घटना यस्ता हुन्छन् जुन सुन्दा पनि जोकोहीको आङ सिरिङ हुन्छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,की १३ वर्षीया बालिकाको करणी भयो । स्थानीय ५३ बर्षिय धनबहादुर विकले बालिकालाई डर, त्रास, धम्की र प्रभावमा पारेका जवरजस्ती करणी गरेको घटनाले परिवारका सदस्यसँगै गाउँले नै छाँगाबाट खसेजस्तो भएका छन् ।

आरोपी विकलाई ताकम प्रहरी चौकीबाट खटिएको टोलीले जेठ १६ गते नियन्त्रणमा लियो । बालिकालाई ललाइफकाइ जवरजस्ती करणी गरेका थिए । सुर्खेत चौकुने गाउँपालिका–४,बागमारा घर भएका १८ को ललित मास्की मगर प्रहरी हिरासतमा छन् ।

जलविद्युत आयोजनामा काम गर्न आएका मास्की मगरले १४ बर्षिया बालिकालाई जवरजस्ती गरेको उजुरी दिएपछि दुई महिनापछि जेठ १३ गते नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताए । माथिका दुईवटै बलात्कारका घटना जेठ घटना सार्वजनिक भएको थियो।


बुबा–आमा घरमा नभएको मौका छोपी विभिन्न बहानाका साथै डर, त्रास, धम्की र प्रभाव देखाएर कुदृष्टि लगाउने यौन पिपासुको यौनजन्य क्रियाकलापले कलिला कोपिला नै असुरक्षित भएका घटनाहरू जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । चालु आर्थिक बर्ष २०८२÷०८३ सालमा गाउँमै मुद्दा मिलाउन दबाब दिएकै कारण पीडितले जाहेरी दिन समय लागेको घटना समेत छन् ।‘

मानवता हराएको घटनाबारे बालिकाको परिचय नखुल्ने गरी अनुसन्धान गरिरहेका छौं। पीडित बालिकालाई पूर्णरूपमा काउन्सिलिङ गरिएको छ। कलिला कोपिलामाथि झम्टिएको हृदयविदारक दृश्यबाट स्तब्ध छौं’,जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तिमिल्सिनाले भने ।


कलिला बालबालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने, प्रतिकार गर्न नसक्ने तथा यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले जबर्जस्ती घटना हुने गरेको अनुसन्धानबाट खुलेको छ । बालिकालाई स्वाभाविक रूपमा सामान्य हिसाबले पनि फकाउन सजिलो हुने र कुनै आश्वासन दियो भने सजिलै फकाउन सकिने भएकाले बलात्कारको सिकार हुने गरेको प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताए ।

विद्यालयस्तरमा सचेतनामूलक अभियान र बालिकालाई आत्मरक्षा तालिम र बलात्कारजस्तो जघन्य अपराधको प्रयास भएमा तत्कालै सहयोग माग्नेलगायत विभिन्न जानकारी बालिकालाई बुझाउन सकेमा घटना न्यूनीकरणमा सहज हुने प्रनाउ कार्कीको भनाई छ ।


चालु आव ०८२÷०८३ मा दर्ता भएको ९ वटा उजुरीमा ७ बालिका र २ उमेर पुगेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी अस्पतालका प्रमुख डा. हेमन्त बाँस्तोलाले पछिल्लो एक महिनामा सहमतिमै विवाह गरेको कलिका बालिका अस्पतालमा आउने गरेको बताए । ‘बालिका नै प्रसुती सेवा लिन आउने गरेका छ, मुटु छियाछिया हुन्छ अवस्थ हेर्दा’ डा.बास्तोलाले भने ।

डा. बाँस्तोलाले प्रजनन अंग विकास नहुँदै यौन सम्पर्क कायम गरिँदा दीर्घकालसम्म समस्या देखिन सक्ने भएकाले कुनै समस्या भएमा तत्काल स्वास्थ्य केन्द्रमा उपचारका लागि जानुपर्ने बताए। आफन्त र चिनेजानेकाबाट हुने करणी तथा करणीमा संलग्नलाई राजनीतिक दवावमा जोगाउन खोज्ने गरेको पनि पाइएको छ । पीडकलाई जोगाउन गरिएका अन्तिम प्रयास सफल नभएपछि मात्रै प्रहरीमा किटानी जायरी दिने गरेको घटना समेत सार्वजनिक हुने गरेको छ।

Leave a Comment