---Advertisement---

कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

On: June 6, 2026 10:05 PM
Follow Us:

जेन–जी आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो ।

शुक्रबार राति ९ बजे गलेश्वरमा शंकास्पद रूपमा हिँड्दै गरेकाे अवस्थामा पक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखेर प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

‘कास्की जिल्ला अदालतले सात वर्ष कैद फैसला सुनाएका सार्की पोखरास्थित कारागारमा सह–नाइकेको जिम्मेवारीमा रहेको खुलेको छ’, उनले भने, ‘छानबिनका क्रममा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो ।’

Leave a Comment