---Advertisement---

कोरलाबाट विद्युतीय चुरोटपछि ईभीमा पनि गडबडीको आशंका

On: June 6, 2026 11:03 AM
Follow Us:

उपल्लो मुस्ताङको लिजी–नेचुङ (कोरला)बाट भित्रिएका विद्युतीय सवारीसाधनमा प्रज्ञापनपत्रमा त्रुटी सहित राजस्व छलीको आशङ्काका शसस्त्र प्रहरी बलले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । संघीय सरकारले करका दर हेरफेर हुने आशंकासमा लामो समयपछि एक्कासी धेरै बीवाईडी ब्रान्डका ईभी गाडी भित्रिएपछि शसस्त्र प्रहरी बल मुख्यालयको निर्देशनमा सशस्त्र प्रहरीको नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गलेश्वर गुल्म, नं २५ चण्डिका गण पर्वत र नं २४ कालिका गण कास्कीबाट ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विशेष सूचनाका आधारमा गाडी नियन्त्रणमा लिइएको सवारीसाधनलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने बताउनुभयो ।

प्रबक्ता भट्टले भन्नुभयो,‘‘भन्सार प्रक्रियामा कैफियतको आशंकामा सबै नियन्त्रणमा छन्, कागजातहरूमा गडबडीको आशंका छ, भन्सारबाट छुटेका सवारीसाधनमा हाम्रो सधै निगरानी हुन्छ ।’’गएको माघ महिना यता १८ वटा इभी भित्रिएमा जेठ महिनामा मात्रै ठूलो संख्यामा सवारीसाधन भित्रिएको थियो ।

भन्सार कार्यालयबाट जाँचपास गरी सदरमुकाम जोमसोमस्थित भन्सार कार्यालयको पार्किङस्थलमा राखिएकोमा बुधबार जोमसोम–बेनी हुदै पोखरा पठाइएको थियो । कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि १ सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुदै पोखरा लैजाने गरिन्छ । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका सञ्चालनमा आएपछि कोरला नाकाबाट आयात हुने चिनियाँ कम्पनीका विद्युतीय सवारीसाधन घटेको अवस्थामा नेपाली ब्यवसायीले कोरला नाकालाई प्रयोग गरी गर्न थालेको छन्।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालले कोरला नाकाबाट भित्रिएका इभीलाई जाँचपास गरी पठाइएकोमा शसस्त्र प्रहरीले कागजी प्रक्रिया बुझ्न रोकेको जानकारी पाएको बताउनुभयो । भन्सार प्रमुख चुँडालले भन्नुभयो,‘‘ विभागबाटै यस विषयमा कुराकानी भइरहेको छ, म पनि बाहिर भएकाले थप जानकारी पार्एको छैन।’’

कोरला नाकाबाट पटक–पटक अवैध ‘भेप’ (विद्युतीय चुरोट) को तस्करी हुन गरेकामा पहिलोपटक विद्युतीय सवारीसाधन समेत निगरानीमा परेको छ। गएको जेठ १ गते १ लाख १८ थान अवैध ‘भेप’ (विद्युतीय चुरोट) बोकेको दुई कन्टेनरसहित चालक र सहयोगीलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएको थियो भने यसअगाडी समेत दुई पटक भेपसहित चालक पक्राउ परेपछि नाका क्षेत्रमा कडाई गरिएको छ ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०८२÷०८३ सालको भदौ ३० गतेदेखि ब्यवसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयमा हालसम्म २९ सय ९७ विद्युतीय गाडी भित्रिएकोमा १२ अर्ब १६ करोड ९८ लाख बराबरको कारोबार तथा ५ अर्ब ७१ करोड ९ लाख राजश्व संकलनमा उच्च योगदान रहेको छ ।

Leave a Comment