---Advertisement---

रास्वपा म्याग्दीको सभापतिमा यूवराज रोका चयन

On: June 6, 2026 10:52 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको शनिबार बेनीमा सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको सभापतित्वमा सर्बसम्मत रुपमा कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हिराबहादुर बोगटी (सुरत) रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सागर कुमार शर्मा पौडेल,गुनमाया पुर्जा,युवराज सुवेदी,सरोज सुवेदी र पुर्ण बहादुर खत्री रहनुभएको जिल्ला सचिव सुनिल शर्माले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।


अधिवेशनको उद्घाटन गर्नुहुदै रास्वपाका गण्डकी प्रदेश सभापति समेत रहेका प्रतिनिधीसभा सदस्य राजन गौतमले अगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा म्याग्दी जिल्लामा पहिलो दल हुने गरी संगठन विस्तारमा जुट्न निर्देशन दिनुभयो । प्रतिनिधिसभा सदस्य गौतमले रास्वपमा नयाँ र पुरानो योगदान भन्ने बहस नहुने भएकाले सबैलाई समान ब्यवहार गर्न समेत अनुरोध गर्नुभयो ।


रास्वपाका नेता सरोज बानियाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशिक्षण विभागका प्रमुख दिपक श्रेष्ठ, निर्वतमान सचिव राजाराम बरुवाल, नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुन, रास्वपाका पूर्व सभापति यामबहादुर किसानले मन्तब्य राख्नुभएको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले रास्वपा नेतृत्वको सरकारले सञ्चार क्षेत्रका लोककल्याणकारी विज्ञापनसहित सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई रोक लगाउने निर्णय सच्चाउन माग गर्नुभएको थियो ।

सोही अवसरमा म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउन कार्यक्रममा उपस्थित भएका रास्वपाका केन्द्रिय नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

बेनी नगरपालिका–२ का एमालेबाट निर्वाचित पुर्व वडा अध्यक्ष हिराबहादुर थापा, नेपाली कांगेस, नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेताकार्यकर्ता रास्वपामा प्रवेश गर्नुभएको थियो । नवनिर्वाचित जिल्ला सभापति रोकाले पार्टीको संगठन विस्तारसहितका कार्यहरुलाई थप तिब्रता दिने बताउनुभयो ।

Leave a Comment