‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’’ भन्ने नाराका साथ म्याग्दी बहुमुखी क्याम्पसमा विश्व वातावरण दिवसको अवसरमा “जलवायु परिवर्तनको असर तथा वातावरण संरक्षण” विषयक सेमिनार आयोजना गरिएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसको आयोजना तथा बेनी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको उद्घाटन गदैं बेनी नगरपालिका वडा नं. ८ का अध्यक्ष उत्तम कर्माचार्यले जलवायु परिवर्तनको न्यूनिकरणमा समुदायस्तरको पहलले मात्रै प्रयाप्त नभएको बताउनुभयो ।

वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवद्र्धनमा समेत जोड दिनुभएको थियो । कार्यक्रममा डा. टिकाबहादुर कार्कीद्वारा प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियो।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, निर्वतमान अध्यक्ष सोमनाथ ढुंगाना,पदाधिकारी एवं सदस्यहरू,अभिभावक संघका प्रतिनिधिहरू, वडा नं. ८ अन्तर्गतका टोल सुधार समितिका अध्यक्षहरू, पूर्व विद्यार्थी संघ, स्वतन्त्र विद्यार्थी युनियन, विद्यार्थी गुणस्तर समूह, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

उपप्राध्यापक तारानाथ शर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहायक क्याम्पस प्रमुख नारायण सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने क्याम्पस प्रमुख श्रीधर सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।










