---Advertisement---

कक्षा १२ को नतिजा : न्यू वेष्ट प्वाइन्टकी अप्सरा थापाले ल्याइन ३.८६ जिपिए

On: June 19, 2026 5:22 PM
Follow Us:

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छन् । मंगला गाउँपालिका वडा नं ३ बरंजाकी थापाले ३.८६ जिपिए प्राप्त गरेकी छन् ।


परीक्षा बोर्डको नतिजा अनुसार विद्यालयबाट थापासहित बेनी नगरपालिका–२, की रियासा जिसीले ३.८० जिपिए, रघुगंगा गाउँपालिका–१ का बसन्त विकले ३.७८ जिपिए, मंगला गाउँपालिका–२ की सोफिया हमालले ३.७८ जिपिए र जलजला गाउँपालिका–३, पर्वतका सम्मान थापाले ३.७८ जिपिए ल्याएको विद्यालयका प्राचार्य डीवी दाहालले बेनीअनलाइनलाई बताए ।


म्याग्दी जिल्लामा ३.६५ अर्थात ए प्लसभन्दा बढी नतिजा हासिल गर्ने ९ जना विद्यार्थी रहेको र हालसम्म जिल्ला प्रथम, द्धितिय, तृतिय सहितको नतिजा विद्यालयको भएको प्राचार्य दाहालले बताए । विद्यालयमा ३.६० देखि ४ जीपिए ल्याउने ९ जना, ३. २० देखि ३. ६० मा २३ जना, २.८० देखि ३.२० ३४ जना, २.४० देखि २.८० सम्म ३३ जना, २.०० देखि २.४० जीपिए ल्याउने १ जना रहेका छन् ।


प्राचार्य दाहालले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक र शैक्षिक वातावरण बनाउने शिक्षकलाई बधाई दिएका छन् । विद्यार्थीको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिँदै प्राचार्य दाहालले शिक्षक र अभिभावकप्रति आभार व्यक्त गदैं शैक्षिकसहित अतिरिक्त गतिविधिमा विद्यालय हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउने गरेको बताए ।

Leave a Comment