---Advertisement---

१० किमि रोड रन प्रतियोगितामा पर्वतका परियार र म्याग्दीकी सापकोटा विजय

On: June 20, 2026 10:10 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित साविकको धौलागिरीस्तरीय रोड रन प्रतियोगितामा कृष्ण परियार र कृष्णा सापकोटा च्याम्पियन बनेका छन् । जिल्ला एथलेटिक्स संघ म्याग्दीको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा पर्वत जिल्लाका परियारले १० किलोमिटरको दौड ३५ मिनेट २५ मिनेटमा १० मा पार गरेका थिए ।


म्याग्दीका सक्षम बोहोराले ३५ मिनेट २६ मा निर्धारित लक्ष्य प्राप्त गरेका थिए । छात्रतर्फ तृतिय सुजन राना मगर भएका छन् ।त्यसैगरी छात्रातर्फ प्रथम मंगला गाउँपालिका–२ की कृष्णकुमारी सापकोटा, द्धितिय जामुनाखर्ककी ममता सुबेदी र तृतिय अञ्जली सिर्पाली भएको जिल्ला एथलेटिक्स संघ म्याग्दीका अध्यक्ष विनोद घर्ती क्षेत्रीले बताए ।

बेनी नगरपालिका–४, तातोपानीबाट सुरु भएको प्रतियोगिता बेनीबजार फन्को लगाएर बिरेन्द्रचोकमा आएर टुंगिएको थियो । प्रतियोगितामा विजेतालाई क्रमश १५ हजार, ७ हजार र ५ हजार नगद, प्रमाणपत्र र ट्र«फि बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष नगेन्द्र मल्ल, वडा नं ७ का वडा सदस्य विश्वास श्रेष्ठ लगायतले वितरण गरेका थिए ।

Leave a Comment