---Advertisement---

म्याग्दीका यूवाको आईईएलटीएस पिटिइ सेन्टरलाई ब्रिटिस काउन्सिलको अवार्ड

On: June 29, 2026 10:16 PM
Follow Us:

काठमाण्डौमा रहेको आईईएलटीएस पिटिइ सेन्टरलाई ब्रिटिस काउन्सिलले अन्तर्राष्ट्रिय शिक्षामा उत्कृष्ट योगदान पुर्याएको भन्दै ब्रोन्ज (काँस्य) अवार्ड ले सम्मान गरेको छ । काउन्सिलले नेपालमा उत्कृष्ट काम गरेको भन्द्र भन्दै सम्मान गरेको हो। काउन्सिलले बिहीबार एक कार्यक्रमका बीच आईईएलटीएस पिटिइ सेन्टरका प्रमुख सन्तोष क्षेत्रीलाई यो अवार्ड दिएको हो। नेपालका लागि बेलायती राजदूतावासका सामाजिक विकास प्रमुख एन्ड्रियू लङले क्षेत्रीलाई अवार्ड हस्तान्तरण गरेका थिए।


म्याग्दीका यूवा क्षेत्रीले सञ्चालन गरेको आईईएलटीएस पिटिइ सेन्टर ब्रिटिश काउन्सिलको उत्कृष्ट साझेदारभित्र परेकाले विगतमा समेत अवार्ड प्राप्त गर्ने गरेको थियो । यूकेमा रहेको प्रतिष्ठित कलेजमा ब्याचर्लर र मास्टर्स अध्ययनका लागि विद्यार्थी पठाउने गरेको छ। काउन्सिलकी कन्ट्री एक्जाम डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले नेपालका हजारौ युवालाई अन्तर्राष्ट्रिय शिक्षामा जोडेर महत्वपूर्ण भूमिका खेल्ने व्यवसायिक साझेदारलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताईन्।


विगतमा समेत नेपाली विद्यार्थीलाई यूकेका कलेजमा पठाएको सेन्टर ब्रिटिस काउन्सिलबाट ‘टप टेन’ शैक्षिक परामर्शदातामा समेत परेको आईईएलटीएस पिटिइ सेन्टरले यूकेका निजी र सरकारी कलेजका लागि काम गर्ने गरेको सञ्चालक क्षेत्रीको भनाई छ । गौंगबु र पुतलीसडकमा शाखा रहेको आईईएलटीएस पिटिइ सेन्टरले गुणस्तरीय शिक्षा र कम खर्चिलो भएकाले म्याग्दीबाट जानेलाई आईईएलटीएस र पिटिईको कक्षामा आर्कषक तथा सतप्रतिशत छुट र भिषा प्रोसेसिङमा लागि समेत भारी छुट सहित विद्यार्थीलाई सघाइरहेको छ ।

Leave a Comment