म्याग्दीका एक बालक भारतको राजस्थानबाट हराएका छन् । बेनी नगरपालिका वडा नं २ बगरफाँटका १४ बर्षिय करण सुनुवार आइतबार दिउँसो ३ बजेदेखि सम्पर्कविहिन भएका छन् । भारतमा रहेका मावली ममाघर मा भेट्न असार १४ गते स्थानीय गोपाल कुँवरको साथमा गएका सुनुवार आफन्तसँग भेटघाट गरेपछि हराएको मलेसियामा रहनुभएका बुबा दिपक सुनुवारले बेनीअनलाइनलाई बताउनुभयो ।
‘परिवारकै सल्लाहमा गएका थिए,खोजीकार्य भइरहेको छ,त्यहाँ रहेका नेपालीलाई सहयोग गर्न अपिल गर्दछु’ सुनुवारले भन्नुभयो ।बेनीबाट रात्रीबसमा भारत पुगेपछि भेटघाट गरी कोठाबाट बेपत्ता भएको बुबा सुनुवारको भनाई छ । सम्पर्कविहीन भएपछि करणकोे खोजी गरिइदिनका लागी परिवारले याचना गरेका छन् । कसैले भेटेमा आमा कल्पना सुनुवारको फोन नम्बर ९८२६६०४१५३ मा खबर गर्न अनुरोध गरिएको छ ।













