उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीस्थित बेनी–जोमसोम सडकखण्डको सडक नालीमा होटलका मजदुर मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आइतबार दिउँसो साढे दुई बजे झापाको मेचीनगर नगरपालिका–१५ स्थायी घर भई हाल भुरुङ तातोपानीस्थित होटल नेचुरल स्प्रिङमा सरसफाइको काम गर्दै आएका ५३ वर्षीय कमल प्रसाद रिमाल सडकको नालीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।
स्थानीयबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भुरुङ तातोपानी र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट अपराध स्थल अनुसन्धान टोलीसहितको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो । ‘घटनाको कारण खुल्न बाँकी छ,थप अनुसन्धान भइरहेको छ’ सूचना अधिकारी तिमिल्सिनाले बेनीअनलाइनाई भन्नुभयो ।
Photo AI Generation










