---Advertisement---

पोखरामा बस्ने म्याग्देलीलाई जिल्ला प्रशासनको शिविर, १ सय ८२ जना लाभान्वित

On: July 11, 2026 10:58 PM
Follow Us:

जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बस्ने म्याग्देलीलाई लक्षित गरी शनिबार पोखरामा घुम्ती सेवा सञ्चालन गरेको छ ।

जिल्लाका ६ वटै स्थानीय तह तथा पुन सेवा समाज पोखरा, खिवाङ सेवा समाजसँगको समन्वयमा आयोजित शिविरमा ८८ जनालाई राष्ट्रिय परिचयपत्र र ६३ जनाले मतदाता नामावलीमा नाम दर्ता, एक जनालाई राहदानी वितरण गरिएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताउनुभयो ।

सोही अवसरमा नागरिकता तथा पञ्जीकरण लगायत विविध परामर्श सेवा ३० जनालाई गरी १ सय ८२ जना सेवाग्राही लाभान्वित भएका थिए ।

शिविरमा स्वागत तथा सेवाका बारेमा जानकारी दिदैं प्रजिअ रबिन्द्र आचार्यले जिल्लामा ग्रामिण तहसम्म र जिल्ला बाहिर ठूलो संख्यामा बसोबास गर्ने स्थानमै पुगेर सेवा दिने बताउनुभयो । शिविरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन लगायत म्याग्देलीको उपस्थिती रहेको थियो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पहिलोपटक जिल्ला बाहिर शिविर सञ्चालन गरी सेवा प्रवाह गरेपछि सेवाग्राही खुसी भएका छन् ।

शिविरमा वि.सं. २०७७ साल कार्तिक २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराएका, म्याग्दी जिल्ला स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्नेको विवरणको आधारमा सेवा प्रवाह गरिएको थियो ।

शिविरको प्रमुख उदेश्य नै राहदानी, नागरिकता तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको १० हजारभन्दा बढी कार्ड वितरणसहित विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

Leave a Comment