---Advertisement---

फापरखेतमा पहिरो खस्यो, बेनी–दरवाङ सडक अवरुद्ध

On: July 14, 2026 9:02 AM
Follow Us:

पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने सडकखण्ड अन्तरगत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण अवरुद्ध भएको हो ।

मङ्गला, मालिका र धौलागिरि गाउँपालिका मंगलबार विहानैदेखि सदरमुकाम बेनी बजारसँग सीधा यातायात सम्पर्कविच्छेद भएको छ । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई गन्तव्यमा पुग्न समस्या भएको छ भने बैकल्पिक सडक समेत सहज नहुदाँ समस्या भएको यात्रुको भनाई छ ।


सडक अवरुद्ध हुदाँ पश्चिम म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीसहित दैनिक उपभोग्य सामग्रीको ढुवानी र ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु बजारीकरणमा समस्या भएको छ ।

यो पहिलो पश्चिम म्याग्दीकै सबैभन्दा ठूलो समस्या भएपनि समाधानका लागि सम्बन्धित निकायको प्रक्रियामै अल्झिएको छ । उक्त स्थानमा २०६१ सालमा सडकको मार्ग खोलेदेखिनै पहिरोको समस्या रहेको छ ।

Leave a Comment