म्याग्दीमा २३ वर्षअघि भएको हत्या घटनामा संलग्न कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नामका ४५ बर्षिय गुन बहादुर पुर्जालाई गाउँको माथि लेकमा रहेको गोठमा बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो ।
बि.स २०६० सालमा कात्तिक ६ गते दग्ना गाउँका २४ वर्षीय धनराम तिलिजाको हत्यामा संलग्न रहेको आधारमा पक्राउ गरिएको हो । तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा किटानी जाहेरी परेको थियो । मृतक तिलिजाको घर घेरा हालेर खुकुरी, लाठी र चिर्पट प्रहार गरेर तिलिजाको हत्यापछि जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजायमध्ये १९ बर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाकी रहेको सूचना अधिकारी तिमिल्सिनाको भनाई छ । जिल्ला अदालत म्याग्दीले २० जनाविरुद्ध नै २०६३ चैत ३० गते अभियुक्त थजालीलाई १९ बर्ष ७ महिनाको कैद फैसला सुनाएको थियो ।
उक्त घटनामा संलग्न रहेकाहरु जिल्ला अदालतको फैसला बिरुद्ध २०६८ जेठ ११ गते पुनरावेदन अदालत पुगेका थिए ।पुनरावेदनले २०६८ मंसिर २६ गते जिल्लाकै फैसला सदर गरिदियो । त्यसपछि उनीहरू सर्वोच्च अदालत पुगे । सर्वोच्चले पनि २०७२ असार ११ गते जिल्ला र पुनरावेदनकै आदेश सदर गरेको थियो । उक्त घटनामा २०६० चैत ७ गते राती माओवादीलेसदरमुकाम बेनीमा आक्रमण गरेपछि जेलमा रहेका अधिकांश कैदीबन्दी भागेका थिए । पछिल्लो समय प्रहरीले २० बर्ष पुराना घटनामा संलग्नलाई धमाधम पक्राउ गरेको छ











